विद्यार्थी जीवनमा सही मार्गदर्शन निकै आवश्यकः पूर्वमुख्यमन्त्री पौडेल

0
2

हेटौंडा, २७ असार । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्यार्थी जीवनमा सही मार्गदर्शन निकै आवश्यक हरने बताउनुभएको छ । टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–८ को आयोजनामा भएको सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले विद्यार्थी जीवनमा सही मार्गदर्शन र करियर काउन्सिलिङको निकै ठूलो महत्व रहने बताउनुभयो ।
पौडेलले नयाँ पुस्तालाई आफ्नो रुचि र क्षमता अनुसारको करियर रोज्न यस्ता व्यावहारिक सल्लाहले सही मार्गदर्शन र थप हौसला प्रदान गर्ने बताउनुभयो । उहाँले शिक्षालाई प्रविधिमैत्री र व्यावहारिक बनाउँदै युवा जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्नेतर्फ राज्य र स्थानीय निकायको ध्यान जानुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापाले शिक्षा मार्फत समदुदायलाई उज्याले बनाउन सकिने भन्दै वडाको शैक्षिक विकास र युवाहरूको वृत्तिविकासका लागि टोल विकास संस्थाले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले पनि हेटौंडा–८ को समन्वय समितिले गरेको कार्यको प्रशंसा गर्नुहुँदै नागरिकसंग प्रत्यक्ष जोड्ने यस्ता कार्यले समुदायलाई एकतावद्ध बनाउने बताउनुभयो ।
हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा वडा भित्र बसोबास गर्ने तथा कक्षा १२ को परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका ९२ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । विद्यार्थीहरूलाई भविष्यको सही मार्ग पहिचान गर्न र बजारको माग अनुसारको विषय रोज्न मद्दत पु¥याउने उद्देश्यले कार्यक्रममा करियर काउन्सिलिङ समेत प्रदान गरिएको टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–८ का अध्यक्ष कुमार के.सी. ले बताउनुभयो ।
कार्यक्रममा चन्द्रोदय मा.वि. का प्रधानाध्यापक जिदराज ढकाल, जिल्ला समन्वय समितिका पूर्व सदस्य गणेश कुमारी प्रधान र जिल्ला विकास समितिका पूर्व सदस्य पूर्णध्वज खड्का, विभिन्न सामाजिक संघसंस्थाका अध्यक्षहरुको उपस्थिती थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here