सार्वजनिक यातायातको भाडा २ प्रतिशते घट्यो

0
2

हेटाैंडा, असार १८ । सार्वजनिक यातायातको भाडा २ प्रतिशते घटेकाे छ । इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले भाडा समायोजन गर्दै अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाएको हो ।
विभागले आज सार्वजनिक सूचना जारी गर्दै आजदेखि नै लागू हुनेगरी सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको हो । विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो भने गत असार १७ गतेदेखि भने १९३ रुपैयाँ ८३ कायम भएकाले स्वचालित प्रणालीअनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ ।
यसअघि विसं २०८३ वैशाख १२ गतेको मन्त्रिस्तरको निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा पाँच प्रतिशतले वृद्धि गरेको थियो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला(सरोज)ले विभागले सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here