हेटाैंडा, असार १ । काेशी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ कराेड १८ लाख रुपैयाँ बराबरकाे बजेट ल्याएकाे छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
याे बजेट चालू आर्थिक वर्षकाे तुलनामा १२.७४ प्रतिशतले धेरै हाे । बजेटमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ अर्थात् ३४.५५ प्रतिशत, पूँजीगततर्फ २० अर्ब ७५ करोड ११ लाख रुपैयाँ अर्थात् ५१.३२ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ अर्थात् ०.३७ प्रतिशत विनियोजन भएको छ । प्रदेश सरकारले बजेटमा कृषि, उत्पादन, पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ ।






