नेपाल उद्यान महासंघ मकवानपुरको तदर्थ समिति गठन

0
2

हेटौंडा, जेठ २४ । पार्कहरूको छाता संगठन नेपाल उद्यान महासंघ मकवानपुरको तदर्थ समिति गठन भएको छ । हेटौँडामा आज आयोजित विशेष भेलाले गोपाल बाहादुर श्रेष्ठको अध्यक्षतामा १५ सदस्य जिल्ला तदर्थ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुधिर थापा, महासचिवमा राजिव सुवेदी, सचीव लक्ष्मी श्रेष्ठ र कोषध्यक्षमा कृष्णराम न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो । यस्तै सदस्यहरुमा लोकनाथ चौलागाई, केदार प्रसाद पुडासैनी, विष्णुकुमार श्रेष्ठ, कृष्ण पौडेल, सुमित्रा चौलागाई, सिता अधिकारी, कुश थापा र कृष्ण बिडारी चयन हुनु भएको हो । नवनिर्वाचित समितिलाई जिल्लाभर छरिएर रहेका उद्यानहरूसँग समन्वय र सम्पर्क गर्ने, नयाँ सदस्यता अभियान सञ्चालन गर्ने र ६ महिनाभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिईएको छ ।

नेपाल उद्यान महासंघका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज गोपाल बहादुर श्रेष्ठको अध्यक्षता एवम् बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत केसीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाको उद्घाटन गर्नुहुँदै मन्त्री केसीले उद्यान क्षेत्रको प्रवद्र्धन र हकहितका लागि संगठित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भौतिक विकास मात्र पर्याप्त नहुने भन्दै मानिसको मानसिक स्वास्थ्य, स्वच्छ हावा र वातावरणीय सन्तुलनका लागि पार्कहरु अपरिहार्य रहेको बताउनुभयो । नेपालमा पार्क तथा उद्यान सम्बन्धी स्पष्ट राष्ट्रिय नीति र ऐन–कानुन नहुँदा यो क्षेत्र ओझेलमा परेको उहाँको भनाइ थियो ।

कार्यक्रममा महासंघका राष्ट्रिय उपाध्यक्ष रघुनाथ खुलालले बजेट र लगानीको अभावका कारण उद्यानहरूको दिगो विकास हुन नसकेको भन्दै पार्कहरूलाई आत्मनिर्भर बनाउँदै लानु पर्ने बताउनुभयो । उद्यान क्षेत्रमा क्रियाशील संस्थाहरूलाई एकजुट बनाई व्यावसायिकता दिने प्रयासमा महासंघ लागिपरेको जानकारी दिँनु हुँदै उहाँले राज्यले आफ्ना नीति तथा कार्यक्रममा पार्कहरुलाई समेट्न आग्रह गर्नुभयो । कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रवंसीले पार्कहरु व्यवस्थित भएर कानूनको परिधिमा रहेर संचालन हुनु पर्ने साथै कंक्रिट भन्दा पनि पर्यापर्यटनमा जोड दिनु पर्ने धारणा राख्नुभयो । भेलामा जिल्लाका ३१ वटा पार्कका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here