प्रगति माविमा ‘कप्तान’ र ‘उप–कप्तान’ छनोटका लागि निर्वाचन हुँदै

0
2

हेटौँडा, जेठ २१ । हेटौँडा–९, स्थित प्रगति माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व छनोट गर्नका लागि भाेली जेठ २२ गते निर्वाचन हुने भएको छ । विद्यालयमा स्कूल क्याप्टेन, स्कूल भाइस क्याप्टेन, हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन पदका लागि निर्वाचन हुन लागेको हो ।

May be an image of text that says 'P VS S 2032 प्रगति माध्यमिक विद्यालय हेटैंडा-९ ९,पशुपतिनगर मकवानपुर विद्यार्थी निर्वाचन-શ स्कुल क्याप्टेन (School Captain) उम्मेद्धारहरु +++ OTE 1OO आशििकाकाकी आशििका कारकी নজा ማፃ 90 केसी मिमस लामा कक्ा g0 मिसृतती शुभेन्छा जैसवाल कका कर्णानी सन्नी पासतान क्क ណ कर्मानी समृद्धि घिताल कशा कनेशी 150 साघना पोडेल कक्षा निदानी सरोज लामा कक्षा गप्डकी स्मारिका मोक्तान কনমধा सेती'

विद्यालयमा ‘कप्तान’ र ‘उप–कप्तान’ छनोट गर्न भोली जेठ २२ गते दिउँसो १ः०० बजेदेखि मतदान हुने विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनभयो । स्कूल क्याप्टेनका लागि कक्षा ९ र १० का ८ जना विद्यार्थीहरू चुनावी मैदानमा उत्रिएको उहाँले बताउनुभयो । क्याप्टेनका लागि आश्रिका कार्की, मिम्स लामा, शुभेच्छा जैसवाल, सन्नी पासवान, समृद्धि धिताल, साधना पौडेल, सरोज लामा र स्मारिका मोक्तान चुनावी प्रतिष्पर्धामा रहनु भएको छ ।

May be an image of text

त्यस्तै विभिन्न चारवटा सदनका लागि क्याप्टेन पदका लागि पनि निर्वाचन हुने भएको छ । विद्यालयको रातो सदन का लागि करुणा अधिकारी, क्रिशला रावत, क्यासियन गोले, सुस्मु सिंह, निशा अधिकारी, प्राप्ती लामा, सोफिया तिवारी, पुरुषोत्तम चौधरी र गौरव सापकोटा गरी ९ जना उम्मेदवार बन्नुभएको छ । हरियो सदनका लागि अविनास पासवान, अशोक दाहाल, कविता पुलामी मगर, पूनम सहनी, प्रिन्स थापा र समृद्धि विश्वकर्मा गरी ६ जना, निलो सदनका लागि अन्जित घलान, अस्मिता खत्री, खुशी कुमारी, नोर्देन रुम्बा, राम मोक्तान, स्वेन कार्की, सपना मुखिया, सबिना भट्टराई र सचिन मगर गरी ९ जना र पहेंलो सदनका लागि अनुस्का तिवारी, दिया पराजुली, दिक्षा आचार्य, राजबाबु चौरासिया, सुगम श्रेष्ठ, सलोनी शाह, सुमित शाह र रोनल तामाङ गरी ८ जना चुनावी प्रतिस्पर्धामा रहनु भएको पराजुलीले बताउनुभयो ।

May be an image of text

विद्यालय तहदेखि नै विद्यार्थीहरूमा लोकतान्त्रिक पद्धति, नेतृत्व विकास र चुनावी प्रक्रियाबारे व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले विद्यालयले निर्वाचन गराउन लागेको जनाईएको छ । प्रगति माध्यमिक विद्यालयमा करीब एक हजार ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here