बागमती प्रदेश सभाको वर्षे अधिवेशन आह्वान

0
2

मकवानपुर, जेष्ठ ८ । बागमती प्रदेश सभाको वर्षे अधिवेशन आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन आगामी जेठ ११ गते दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हाे ।
प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपदफा ९१० बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । यो वर्षे अधिवेशन प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने बागमती प्रदेशका प्रवक्ता प्रभात तामाङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here