ओली र लेखकको पक्राउप्रति एमाले मकवानपुरको विरोध, तत्काल रिहाइको माग

0
3

मकवानपुर, १४ चैत । नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउप्रति घोर निन्दा र भर्त्सना गरेको छ।
कावा अध्यक्ष हिदम लामाद्वारा जारी प्रेस विज्ञप्तिमा भदौ २३ र २४ गते ‘जेञ्जी’ का नाममा भएका आन्दोलनका घटनाको छानबिन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुअघि नै प्रतिशोधपूर्ण ढंगले गरिएको गिरफ्तारीले मुलुकलाई अन्त्यहीन द्वन्द्वतर्फ धकेल्ने खतरा बढाएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा गैरकानुनी रूपमा पूर्जी जारी गरी गरिएको पक्राउलाई कानुनी राज्यको उपहास भएको भन्दै आपत्ति जनाइएको छ। साथै, यस्तो कदम गैरसंवैधानिक, गैरराजनीतिक र पूर्वाग्रहपूर्ण भएको आरोप लगाइएको छ।
एमाले मकवानपुरले आफ्ना पार्टी अध्यक्ष ओली तथा काँग्रेस नेता लेखकलाई अविलम्ब रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here