हेटौंडाका एक दर्जनबढी निजी तथा सरकारी भवनमा आगजनी

0
2

हेटौंडा । जेन–जी आन्दोलनको दोस्रो दिन आज हेटौंडाका एक दर्जन भन्दा बढी नीजि तथा सरकारी भवनमा आगजनी गरिएको छ । बागमती प्रदेश सभा भवन र मन्त्रालयहरुलगायत केहि नीजि भवनमा आगजनी गरिएको हो ।
हेटौंडाको टिसिएन रोडमा रहेको बागमती प्रदेशको संसद भवन, प्रदेशका मन्त्रालयहरु, हेटौंडा उपमहानगरपालिका, उच्च अदालत पाटन हेटौंडा इजलास, अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय, संघीय लोक सेवा आयोगको हेटौंडा कार्यालय, नापी कार्यालय, कर्मचारी सञ्चय कोष भवन, ४ नम्बर वडा कार्यालय, विभिन्न राजनैतिक दलका पार्टी कार्यालयहरु र केहि व्यक्तिगत (नेताका घरहरु) मा समेत आगजनी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here