इटहरी उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

0
2

जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरेका हुन् ।
सोमबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी यो कर्फ्यु आदेश जारी गरिएको छ। तोकिएको चार किल्लाभित्र कसैलाई पनि हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ ।
चारकिल्ला
उत्तर:- हलगडा नेपाली सेनाको ब्यारेक देखि पारुहाङ चोक भित्र
पूर्व :- मिलन चौक देखि जुट विकास भित्र
दक्षिणः- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चौक हुँदै बस पार्क क्षेत्र भित्र
पश्चिम :- कलङ्की मोड देखि जनता बस्ती भित्र

viber_image_2025-09-08_16-10-58-813

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here