पदभारसङ्गै स्वास्थ्य मन्त्री थापाद्वारा महत्वपूर्ण ३ निर्णय

0
3

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदभार ग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली(GIOMS)मार्फत ३ वटा महत्त्वपूर्ण निर्णयहरु गर्नुभएको छ।  बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली बिकास गर्ने निर्णय गर्नुभएको हो।
स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले उक्त प्रणाली विकास गर्ने निर्णय गरेको हो। यो प्रणालीले स्वास्थ्य सेवा प्रवाहमा छिटो र छरितो हुने विश्वास मन्त्री थापाले गर्नुभयो ।
यस्तै स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका सवारी साधनहरूको व्यवस्थापन तथा समन्वय गर्न ‘जिपिएस’ प्रणाली जडान गर्ने निर्णयसमेत गरिएको छ। यस्तै प्रदेशभर आयुर्वेद तथा बैकल्पिक  चिकित्सालयहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्ने पनि गरिएको छ।
यी निर्णयहरु  डिजिटल स्वास्थ्य क्षेत्र रूपान्तरणको महत्त्वपूर्ण कदम हुने मन्त्रालयका सचीव डा. सुमित्रा गौतमले बताउनुभयो ।
थापा २०८१ साउन ९ गते स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको थियो भने मङ्गलबार मात्र गठन भएको इन्द्रबहादुर बानियाँ नेतृत्वको मन्त्री मण्डलमा पुनः स्वास्थ्यमन्त्री नियुक्त हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here