बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीद्धारा सपथ ग्रहण

0
2

मकवानपुर, साउन २० । बागमती प्रदेशका नवनियुक्त आठजना मन्त्रीहरुले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा नियुक्त गर्नु भएका ८ जना मन्त्रीहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।
मुख्यमन्त्री बानियाँले आजै सरकार विस्तार गर्नुहुँदै एमालेका ६ र कांग्रेसका २ जनालाई मन्त्री नियुक्त गर्नुभएको थियो । नवनियुक्त प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै कार्यविभाजन गर्नुभएको हो ।
मुख्यमन्त्री बानियाँले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गर्नुभएको थियो । भने, कांग्रेसबाट खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गर्नु भएको थियो । कांग्रेसको भागमा परेको प्रदेशका मुख्यमन्त्रीसहित ८ मन्त्रालयमा दुई मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफैं मातहत राख्नुभएको छ । बागमती प्रदेशमा कुल १४ मध्ये कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ र एमालेको भागमा ६ मन्त्रालय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here