मन्त्रिपरिषद् विस्तारकाे तयारीमा बागमतीका मुख्यमन्त्री लामा

0
2

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरूमै मन्त्री नियुक्ति गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

पाँचजना मन्त्री पद रिक्त भए पनि कति जनालाई मन्त्री बनाउने भन्नेमा मुख्यमन्त्री लामा सल्लाहमै रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मन्त्री बन्नेहरूको नामावलीमा तीन जनाको मात्रै सार्वजनिक भएको छ । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र गिता गुरुङ सहकारी तथा गरिबी निवारण मन्त्री हुने जनाइएकाे छ।

नियुक्त गरिएका सबै मन्त्रीहरूको आजै शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्री लामा निकट स्रोतले जनाएको छ। यसअघि कांग्रेसबाट राजीनामा दिएका मन्त्रीहरूको स्थान पूर्ति गर्न लामा नेतृत्वको सरकारमाथि चाप बढिरहेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गरिएको हो । मंगलबार संसदीय दलको नेता विरुद्धको अविश्वासको प्रस्तावमा भएको मत विभाजनबाट मुख्यमन्त्री लामाले दलको नेताको हैसियत गुमाइसकेका छन् । #नयाँपत्रिकाअनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here