हाजिर जमानतमा छुटे कैलाश सिरोहिया

0
1023

रौतहट १६ जेठ। धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिर जमानतमा छाडेको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा छाडेको जानकारी दिए । 

डीएसपी अवाका अनुसार सिरोहियालाई हाजिर जमानतमा रिहा गर्नेबारे पत्र काठमाडौँ पठाइएको छ । छोरा सम्भव सिरोहियाले जमानत लिएर कैलाश सिरोहिया छुटेका हुन् ।फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोडिएको हो ।  

‘उहाँलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ अनुसार अनुसन्धानका लागि हिरासतमा राख्न नपर्ने भन्दै छोडिएको छ,’डीएसपी अवले भने । 

उक्त संहिताको दफा १५ मा अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौट की जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख सक्नेछ भनिएको छ। 

सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिनको म्याद थप गरेको थियो । तेस्रो पटक ३ दिनको म्याद थप गरेपछि सिरोहियाको हेलिकप्टरबाट काठमाडौँ आएका थिए । अवस्थाको प्रतिकूलताको भएको भन्दै उनी मेडिसिटी अस्पतालमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here