Wednesday, October 23, 2024

मुख्यमन्त्री सरोज यादवलाई माधव नेपालको साथ, प्रदेश सरकार पुनः गठन हुदै

ताजा / भरखरै प्राप्त

रौतहट १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको ४ दलको बैठक सकिएको छ । मधेस प्रदेशको सरकारबारे विपक्षी कांग्रेस, जसपा नेपाल, लोसपा र सत्तारुढ एकीकृत समाजवादीबिच छलफल भएको हो । देउवा निवासको बैठकबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुर बाहिरिएका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र देउवाबिच छुट्टै छलफल भएको थियो । बुढानीलकण्ठ वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनको बारेमा छलफल भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए । मधेसमा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।

कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी एक ठाउँमा आउँदा १०७ सदस्यीय प्रदेश सभामा सहज बहुमत पुग्छ । मधेसमा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ । यादवका अनुसार सत्तारुढ एकीकृत समाजवादीलाई समेटेर मधेसमा नयाँ गठबन्धन सरकार बनाउने तयारीका लागि बुधबार छलफल भएको थियो ।

बैठकमा सहभागी एकीकृत समाजवादीका प्रमुख सचेत मेटमणि चौधरीले मधेस प्रदेशमा जसपा नेपालका सरोज कुमार यादव नेतृत्व सरकार जोगाउन ४ दल सहमत भएको रातोपाटीलाई बताए । उनले भने,’मधेस प्रदेश सरकार जोगाउन एक मत भएका छौँ । यसको बाछिटा अन्य प्रदेश र केन्द्र सरकारसम्म पर्छ ।’ एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यादव सरकार अल्पमत छ । कांग्रेस, लोसपा र एकीकृत समाजवादीले समर्थन गरे यादव सरकार जोगिने अवस्था छ ।

विशेष स्रोतका अनुसार नयाँ सरकारमा जसपा नेपाल लाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय कांग्रेसलाई– ४, लोसपालाई– २, एकीकृत समाजवादीलाई– २ मंन्त्रालय दिने आन्तरिक सहमति भएको छ ।

spot_img

लोकप्रिय

Related Articles