हेटौंडा सिटी कलेजद्धारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

0
3

हेटोंडा, असार २८ । हेटौंडा–५, स्थित हेटौंडा सिटी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि आइतबार अभिमुखीकरण कार्यक्रम गरेको छ । नयाँ शैक्षिक सत्रसँगै विद्यालयमा अध्ययन सुरु गरेका विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, अनुशासन, अध्ययन प्रणाली तथा अतिरिक्त क्रियाकलापबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कलेजमा नयाँ शैक्षिक सत्रकालागि कक्षा ११ मा १५० जना विद्यार्थी भर्ना भएका छन् । कार्यक्रममा कलेजका शिक्षक तथा व्यवस्थापन पक्षले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, सकारात्मक सोच, समय व्यवस्थापन, लक्ष्य निर्धारण तथा जिम्मेवार विद्यार्थीको भूमिकाबारे जानकारी प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत सुमन्त सिलवालले बताउनुभयो । सहभागी विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक प्रणाली, नियम तथा अनुशासनबारे जानकारी गराउनुका साथै अनुशासित भई अध्ययन गर्ने प्रतिबद्धता गराईएको उहाँले बताउनुभयो ।
कलेजका प्राचार्य श्री बहादुर कार्कीको अध्यक्षता एवम् राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख बद्री बहादुर पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि पाठककले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ वातावरणमा सहज रूपमा घुलमिल हुन, आत्मविश्वास बढाउन तथा अध्ययनप्रति थप उत्प्रेरित हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा आमाद्धरका संरक्षक बिजयराज सिग्देलले सहजिकरण गर्नु भएको थियो । कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको व्यक्तित्व विकासलाई पनि प्राथमिकतामा राख्दै विभिन्न प्रेरणामूलक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जानएको छ । कलेजले यसै वर्ष पनि चार वर्षे स्नातक तह बीबीएस कार्यक्रममा ४० जना विद्यार्थीलाई निःशुल्क अध्यापन गराउँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here