एसीसी महिला १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई हरायो

0
1

हेटाैंडा, असार २८ । एसीसी महिला १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले हराएको छ । मलेसियामा चलिरहेको प्रिमियर कपमा नेपालको यो लगातार दोस्रो जित हो ।
नेपालकाे जितमा साना प्रवीण र सावित्री धामीले १९९ रन बनाएका थिए । नेपालले २० ओभरमा कुनै पनि विकेट नगुमाई १९९ रन बनाएको थियो । सानाले ९८ र सावित्रीले ७८ रन जोडिन । जितका लागि २ सय रनको लक्ष्य पछ्याएको सिंगापुर २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रनमा समेटियो । यसअघि नेपालले हिजो कतारलाई हराएको थियो । नेपालले समूह चरणमा अब पर्सि मंगलबार हङकङसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here