मदन भण्डारीको ७५औँ जन्मजयन्तीः मकवानपुरमा वर्षभरि ’हिरक जयन्ती वर्ष’ मनाइने

0
2

मकवानपुर, १२ असार । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन मकवानपुरले वर्षभरि नै ’हिरक जयन्ती वर्ष’ का रूपमा मनाउने भएको छ । फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलन गरेर २०८३ असार १४ गतेदेखि २०८४ असार १४ गतेसम्म सञ्चालन हुने वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।
फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समितिका संयोजक डोरमणि पौडेलको उपस्थितीमा आयोजित पत्रकार सम्मेलनमा ’हिरक जयन्ती वर्ष’ का अवरसमा विभिन्न रचनात्मक र वैचारिक कार्यक्रम आयोजना गर्ने जानकारी दिईएको छ । फाउन्डेसनले जननेता भण्डारीको व्यक्तित्व, विचार र ’जनताको बहुदलीय जनवाद’ (जबज) को सान्दर्भिकतालाई जनताको बीचमा पु¥याउने मुख्य लक्ष्यका साथ अभियान अघि बढाएको अध्यक्ष खुलालले जानकारी दिनुभयो ।
फाउन्डेसनले सार्वजनिक गरेको कार्यतालिका अनुसार २०८३ असारमा जननेता भण्डारीको जन्मजयन्तकिा अवसर पारेर पत्रकार सम्मेलन, रक्तदान, वृक्षारोपण र प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । यस्तै साउनमा राजनैतिक र वैचारिक बहस, भदौमा महिला अधिकारका सन्दर्भमा जननेता विषयक कार्यक्रम, असोजमा फाउन्डेसन स्थापना दिवसको सन्दर्भमा ’श्रीचन्द्र शर्मा स्मृति सम्मान’ समर्पण तथा बृहत् परिचर्चा कार्यक्रम आयोजना गर्ने भएको छ ।
त्यस्तै कार्तिकमा कविता प्रतियोगिता, मंसिरमा हाजिरी जवाफ प्रतियोगिता, पौषमा स्वास्थ्य शिविर, माघमा वक्तृत्वकला प्रतियोगिता, फागुनमा ज्येष्ठ नागरिकहरूसँग अन्तरक्रिया, चैतमा नवयुवासँग अन्तरक्रिया, वैशाखमा विचार गोष्ठी, जेठमा ३४औँ स्मृति दिवसका अवसरमा विविध कार्यक्रम र २०८४ असारमा ७६औँ जन्मजयन्तीका साथमा हिरक जयन्ती वर्षको समापन कार्यक्रम आयोजना हुने खुलालले बताउनुभयो ।
फाउन्डेसनले प्रत्येक महिना सञ्चालन हुने कार्यक्रमका लागि छुट्टाछुट्टै संयोजकहरू तोक्न्ुका साथै उक्त कार्यक्रमहरूमा आवश्यकता अनुसार हेरफेर पनि हुन सक्ने उहाँले बताउनुभयो । यस बाहेक पनि फाउन्डेसनले सदस्यता नवीकरण र विस्तारलाई निरन्तरता दिनुका साथै स्थानीय तहसँगको समन्वयमा अन्य थप रचनात्मक कार्यक्रमहरू समेत सञ्चालन गरिने फाउन्डेसनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here