लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ

0
2

हेटौंडा, १९ जेठ । मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–११ थानाभ¥याङबाट स्थानीय २३ वर्षीय समीर क्षेत्रीलाई पक्राउ गरेको हो ।
शंका लागेर रितपूर्वक खानतलासी गर्दा क्षेत्रीको साथबाट ६२० मिलीग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमै राखी थप अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here