Wednesday, December 4, 2024

विश्वासको मत सार्ने प्रस्ताव सभामुखले अस्वीकार

ताजा / भरखरै प्राप्त

रौतहट २३ जेठ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अन्तिम समयमा आएर विश्वासको मत लिन तयार भएका छन् । विश्वासको मतसम्बन्धीको कार्यसूची सार्ने प्रस्ताव सभामुखको कार्यालयले अस्वीकार गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री यादवले आफूनिकट दलहरुसँग गरेको परामर्शपछि विश्वासको मत लिन तयार भएको कांग्रेसका प्रदेश सांसद श्याम पटेलले जानकारी दिए । सांसद पटेलका अनुसार चार दलका सांसदहरुले विश्वासको मत लिन सुझाएपछि मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लागेका हुन् । 

विश्वासको मत पाउने सम्भावना न्यून भएपछि मुख्यमन्त्री यादवले सभामुखलाई बिरामी परेको भन्दै आज बिहान कार्यसूची सार्न निवेदन दिएका थिए ।  तर विपक्षी दल र सभामुखले उक्त प्रस्ताव अस्वीकार गरेका थिए । मुख्यमन्त्रीले विश्वासको मत सदनमा आउने बताएपछि सदन सुरु भएलगत्तै प्रक्रिया पूरा गरेर १० मिनेटका लागि सदनको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

जसपा, कांग्रेस, लोसपा र राप्रपाले संयुक्तरुपमा मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सहमति जनाएका छन् । सदनमा कांग्रेसका २२, जसपाको १९, लोसपाको ८ र राप्रपाको १ जना सांसद छन् । यो जोड्दा मुख्यमन्त्री यादवको समर्थनमा ५० जना सांसदको समर्थन रहने देखिन्छ, जुन सरकार निर्माण गर्न अपुग संख्या हो । 

प्रदेशसभामा १०७ जना सांसदहरु छन् । सरकार गठनका लागि ५४ जना प्रदेश सांसदहरुको समर्थन आवश्यक छ । 

spot_img

लोकप्रिय

Related Articles