हेटाैंडा, असार २५ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने जनाएको छ । बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको हाे ।
राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने बताइएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।
- अर्थ
- कर्णाली प्रदेश
- कोशी प्रदेश
- गण्डकी प्रदेश
- बागमती प्रदेश
- मधेश प्रदेश
- लुम्बिनी प्रदेश
- समाचार
- सुदूरपश्चिम प्रदेश






