हेटाैंडा, असार २५ । सरकारले राष्ट्रिय विज्ञापन नीति–२०८३ स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको उक्त नीतिले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित तथा उत्तरदायी बनाउने लक्ष्य लिएको छ।
नीतिमा विज्ञापनलाई उपभोक्तासम्म सही, विश्वसनीय र उपयोगी सूचना पुर्याउने माध्यमका रूपमा परिभाषित गर्दै भ्रामक, झुटा तथा उपभोक्तालाई भ्रममा पार्ने विज्ञापन नियन्त्रण गर्ने व्यवस्था गरिएको छ। साथै, छापा, रेडियो, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जाल र डिजिटल माध्यममा प्रकाशित तथा प्रसारित विज्ञापनलाई समयानुकूल नियमन गर्ने नीति लिइएको छ ।
सरकारले विज्ञापन उद्योगको व्यावसायिक विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन, उपभोक्ताको हित संरक्षण तथा डिजिटल युगअनुसार विज्ञापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले यो नीति कार्यान्वयनमा ल्याएको जनाएको छ । साथै, सार्वजनिक स्थानमा हुने विज्ञापनलाई थप व्यवस्थित बनाउने र विज्ञापन क्षेत्रमार्फत रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य पनि नीतिमा उल्लेख गरिएको छ ।
- कर्णाली प्रदेश
- कोशी प्रदेश
- गण्डकी प्रदेश
- प्रशासन
- बागमती प्रदेश
- मधेश प्रदेश
- लुम्बिनी प्रदेश
- समाचार
- सुदूरपश्चिम प्रदेश






