मदन भण्डारी फाउन्डेसन मकवानपुरको एक वर्षे कार्यतालिका स्वीकृत

0
1

मकवानपुर, असार ३ । मदन भण्डारी फाउन्डेसन मकवानपुरले वर्षभरि संचालन गर्ने आफ्ना कार्यक्रमहरुको कार्यतालिका तयार पारेको छ । फाउन्डेसनले एक वर्ष भरि मासिक रुपमा सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरुको कार्यतालिका तयार पारेको हो ।
फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बुधबार बसेको बैठकले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती (हीरक जयन्ती) लाई जोड्दै आफ्नो एकवर्षे कार्यतालिका स्वीकृत समेत गरेको छ । मदन भण्डारी हीरक जन्मजयन्तीलाई २०८२ र २०८३ सालभरि मनाइने र २०८४ सालमा समापन वर्षको रूपमा मनाईदैछ । त्यसैले फाउन्डेसनको केन्द्रिय कमिटीको सर्कुलर अनुसारै मकवानपुरमा पनि विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, वादविवाद, हाजिरीजवाफ र खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम जस्ता रचनात्मक क्रियाकलाप गर्ने गरि तयार पारिएको एकवर्षे कार्यतालिका स्वीकृत भएको अध्यक्ष खुलालले बताउनुभयो । उहाँले स्वीकृत कार्यक्रमहरु एक वर्षसम्म संचालन गरिने र उक्त कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्न फाउन्डेसनका पदाधिकारी एवम् सदस्यहरुलाई जिम्मेवारी पनि प्रदान गरिएको बताउनुभयो ।
त्यस्तै आजको बैठकले आगामी असार १२ गते हेटौंडामा पत्रकार सम्मेलन गरेर मकवानपुरमा संचालन गर्ने कार्यक्रमका बारेमा जानकारी दिने, १३ गते रक्तदान कार्यक्रम आयोजना गर्ने र १४ गते जन्मजयन्ती मनाउने निर्णय गरेको छ । साथै कैठकले यसअघि गरेका कार्यक्रमको समिक्षा गर्नुका साथै सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको उहाँले बताउनुभयो । यस्तै बैठकले फाउन्डेसनको प्रदेश कमिटीमा निर्वाचित हुनुभएका गोपालबहादुर श्रेष्ठ र जिल्ला उपाध्यक्ष धर्म बस्नेतलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै बस्नेतको ठाउँमा खाली रहेको पदमा बोलबहादुर कार्कीलाई उपाध्यक्ष बनाउने निर्णय गरेको उहाँले बताउनुभयो ।
बैठकमा मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समितिका संयोजक डोरमणि पौडेलले जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता भण्डारीको ७५औं जन्मजयन्तीको सन्दर्भमा उहाँको व्यक्तित्व, कृतित्व र योगदानलाई जनसमक्ष पु¥याउने उद्देश्यले हीरक महोत्सव मनाउन लागिएको भन्दै मकवानपुरमा पनि सोहि अनुसार कार्यक्रमहरु व्यवस्थित रुपमा सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here