यातायात व्यवस्था कार्यालय हेटाैंडामा कार्यरत अधिकृत अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0
1

हेटाैंडा, १२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय हेटौडा, मकवानपुरमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । सवारी सरूवा सहमति दिने प्रयोजनको लागि घुस/रिसवत लिई भ्रष्टाचार गरेको आराेपमा उनिहरू बिरूद्ध आज मुद्दा दायर गरेकाे हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भेटुवाल र लेखापढी व्यवसाय (बिचौलिया) गर्ने भनिएका खगेन्द्र पौडेलसमेतको आपसी मिलेमतो तथा योजनामा सवारी सरुवा सहमति दिनका लागि सेवाग्राहीसँग घुस माग तथा बार्गेनिङ गरी गराइ ११ हजार पाँच सय रुपियाँ घुस रकम लिन सहमत भएका थिए । उनीहरुको पूर्वयोजना तथा सहमति बमोजिम घुस रकम लिएको स्थापित भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (क) बमोजिम बिगो रकम ११ हजार पाँचसय रुपियाँ कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबी लिइ बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here