दाङमा एमालेको झण्डा जलाएको विरोधमा मकवानपुरमा युवा संघको प्रदर्शन

0
2

हेटौंडा, फागुन ८ । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको घटनाविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ मकवानपुरको नेतृत्वमा निकालिएको जुलुसमा सहभागी युवाहरूले उक्त गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका छन् ।

राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले झण्डा जलाउने कार्य अस्वीकार्य रहेको भन्दै सम्बन्धित पक्षले २४ घण्टाभित्र कारबाही नगरे बृहत आन्दोलनमा जाने चेतावनी दिए। साथै फागुन ११ गते बालेन शाह र रवि लामिछाने सहभागी हुने कार्यक्रममा संयमता अपनाउन आग्रह गरिएको छ ।
प्रदर्शनका क्रममा रास्वपाले घण्टी बजाउँदै हिँड्ने शैलीलाई ‘अराजनीतिक गतिविधि’को संज्ञा दिँदै अस्वीकार्य रहेको नगरकोटीले बताए। उनीहरूले एमाले एक संगठित, अनुशासित र बलियो राजनीतिक संगठन भएकाले यस्ता गतिविधिले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी समेत व्यक्त गरेका छन्।
युथ भोलेन्टियरका केन्द्रीय सदस्य सानु लामाका अनुसार, लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धका यस्ता गतिविधिहरूको कडा प्रतिवाद आवश्यक भएकाले चेतावनीसहितको प्रदर्शन गरिएको बताए । हाम्रो संगठनको संस्कारका कारण यो हाम्रो सांगीतिक विरोध भएकोले यसलाई सामान्य नदिन पनि लामाले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here