बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयनमा

0
1

हेटाैंडा, पुष २४ । सरकारले बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता दिने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) ऐन २०८२ गएको असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीत भएको थियो । सरकारले यही पुस ११ गते मन्त्रिपरिषद्बाट ऐन स्वीकृत गरेर पुस २१ गते राजपत्रमा प्रकाशन गर्दै कार्यान्वयनमा लगेको हो ।

गृह मन्त्रालयले त्यसलाई कार्यान्वयनमा लैजान ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ । नयाँ व्यवस्थाअनुसार बाबु र आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को नागरिकता प्राप्त नहुँदै मृत्यु भएको वा पहिचान नखुलेकाको सन्तान, नेपाली आमाबाट विदेशमा जन्म भइ बाबुको पहिचान नभइ नेपालमा स्थायी बसोबास गरेका सन्तानका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरि अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्न सक्ने व्यवस्था थप गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here