बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता बस्नेतद्वारा शपथ ग्रहण

0
1
अर्थ मन्त्रालयमा मङ्गलबार तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको चौथो बैठकमा सहभागी हुँदै अर्थमन्त्री वर्षमान पुनलगायत। तस्बिर : प्रदीपराज वन्त / रासस

मकवानपुर, ०८ पुस । बागमती प्रदेश प्रमुखज्यूको उपस्थितिमा बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर समक्ष बस्नेतले शपथ लिनुभएको हो।

आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ समारोहमा प्रदेश प्रमुख, उच्च अदालत पाटनका मुख्य न्यायाधीश, प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, प्रदेश सरकारका सचिबहरु तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो। शपथ ग्रहणसँगै मुख्यन्यायाधिवक्ता बस्नेतले बागमती प्रदेश सरकारलाई कानुनी सल्लाह प्रदान गर्ने, प्रदेश सरकारको तर्फबाट अदालतमा बहस पैरवी गर्ने तथा प्रदेशको कानुनी शासन सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here