भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तत्कालीन गृहमन्त्री लेखक पनि अनुसन्धानमा

0
1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा आज दायर गरेको आरोपपत्रमा सहसचिव भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रीनलाइन होलिडेज प्रालिका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्सका सञ्चालक दीपक भण्डारी, राम खड्का, कविता पौडेल, जग्गा कारोबारी खेमप्रसाद सुवेदीलाई प्रतिवादी बनाइएको छ ।

भिजिट भिषामा विदेश जाने नेपालीबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो । सहसचिव भट्टराई गएको जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । उनी त्यस बेला विमानस्थलको अध्यागमन प्रमुख थिए । अख्तियारले भट्टराईविरुद्ध ७९ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि पेश भएको छ । शुद्धीकरणतर्फ सहसचिव भट्टराई, कविता पौडेल र खेमराज सुवेदीविरुद्ध मुद्दा छ । यसमा तीन जनामाथि १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि पनि अनुसन्धान चलिरहेको जनाएको छ । विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा अख्तियारले तत्कालीन मन्त्री लेखकमाथि ‘अनुसन्धान भइरहेको’ उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here