भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा

0
1

अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै फाइनल प्रवेश गरेको हो। जवाफी ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा ३४१ रन बनाउँदै अस्ट्रेलियामाथि ९ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको हो ।
भारतको जितमा जेमिमा रोडिङग्सको शतकीय पारी महत्त्वपूर्ण रहयो। अविजित जेमिमाले १३४ बलको सामना गर्दै १२७ रन बनाउँदै भारतलाई विश्वकपको फाइनलमा पुर्याएकी हुन्। उत्कृष्ट इनिङ खेलेकी जेमिमा सेमिफाइनलको ‘प्लेयर अफ द म्याच’ बनिन्। जमिमाको उत्कृष्ट प्रदर्शनसँगै फाइनल पुगेको भारतले आइतबार महिला विश्वकपको उपाधिका लागि दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here