संवैधानिक प्रक्रियाबाटै संविधान र शासकीय प्रणाली संशोधन गर्नुपर्छ : प्रधानमन्त्री कार्की

0
1

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक प्रक्रियाबाटै संविधान र शासकीय प्रणाली संशोधन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रका नाममा आज सम्बाेधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेन–जी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएको बताउनुभयो ।

युवा पुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली नागरिकलाई आउँदाे चुनावमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि उहाँले आग्रह गर्नुभयो ।

नेपाल सरकारले उद्योग व्यापार तथा व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोडबाट प्रभावित उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न राहत, कर, सहुलियत सुविधाहरू प्रदान गरी आर्थिक क्रियाकलाप सहज रूपमा सञ्चालन गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयाे । उहाँले युवा पुस्ताको सोच र भावना बमोजिम कर्मचारीले आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने कार्यमा लाग्न निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here