अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सेनाको आग्रह

0
1

नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । सेनाले चोक र गल्लीमा निस्किएका नागरिकलाई घरमै बस्न आग्रह गर्दै फर्काइरहेको छ । अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको सेनाले जनाएको छ ।

अहिले हेटाैंडाका विभिन्न सडकमा नेपाली सेनाले गस्ती गरिरहेको छ, भने कर्फ्यूको समयमा घरबाहिर ननिस्कन अनुरोध गरेकाे छ । हिजो र अस्ति भएको जेनजी आन्दोलनका क्रममा जनधन तथा भौतिक संरचनामा भएको क्षतिसँगै गएराति १० बजेदेखि सेनालगायतका सुरक्षा निकाय परिचालन भएका छन् । शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न समुदायलाई सेनाले आग्रह समेत गरेको छ । 

May be an image of 3 people, train, trolley, cablecar, fog and street

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here