पाेखरामा अनिश्चितकालीन कर्फ्यु जारी

0
1

‘जेन जी’ को आन्दोलन उग्र भएपछि पोखरामा पनि कर्फ्यु आदेश जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गर्नुभएको हो । प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका थिए । त्यस क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहाेरा हानेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here