साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्ये उत्तम मानिन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार वैदिक परम्परामा पितृ कार्य तथा देव पूजामा खीरलाई विशेष महत्त्व दिइन्छ। “साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिन्छ, हरियाली बढी हुन्छ, गाई–भैंसीले दूध धेरै दिन्छन्। दूध प्रशस्त हुँदा इष्टमित्रलाई बोलाएर खीर खुवाउने चलन बसेको हो। स्वास्थ्यका हिसाबले पनि यो उत्तम मानिन्छ,” गौतमले भन्नुभयो ।
साउन भगवान् शिवको महिना भएकाले दूध तथा दूधजन्य परिकारलाई शिवलाई चढाउने परम्परासमेत रहेको छ । नेपालमा चामल, सावधान, सेवई, मकै, गाजरलगायत सामग्री प्रयोग गरी खीर बनाउने चलन छ । विशेष गरी साउन महिनामा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर पनि लोकप्रिय छ ।
नेपाली समाजमा असार १५ मा दही–च्यूरा, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे, माघ १५ मा मालपुवा खाने र छोरीचेलीलाई निम्त्याउने परम्परा रहेको छ। यस परम्परालाई प्रोत्साहन गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर खाने दिन’ अर्थात् ‘खीर दिवस’ का रूपमा मनाउने गरेको छ ।
- कर्णाली प्रदेश
- कला-साहित्य
- कोशी प्रदेश
- गण्डकी प्रदेश
- प्रमुख समाचार
- बागमती प्रदेश
- मधेश प्रदेश
- मुख्य समाचार
- रोचक
- लुम्बिनी प्रदेश
- समाचार
- समाज
- सुदूरपश्चिम प्रदेश






