कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर ज्यान जोगाए

0
1

हेटाैंडा, असार २९ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, हटिया स्थित शिवम् फ्याक्ट्री नजिकको कर्रा खोलामा आएको बाढीले एउटा खाली ट्रक बगाएको छ । सोमबार बिहान बिहान करिब ७:४५ बजे सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक कल्भर्टमाथि पानीको बहाव बढेपछि बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङ पौडी खेलेर सुरक्षित रूपमा बाहिर निस्किएका छन् । उहाँको खुट्टामा सामान्य चोट लागेको र चौघडा स्थित राजु मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा तत्कालै प्रहरी टोली परिचालन गरिएको थियो। बाढीमा परेर अन्य कुनै मानवीय क्षति नभएको र हाल बगेको ट्रक खोलामै रहेको जनाइएको छ । वर्षा जारी रहेकाले खोलामा पानीको सतह उच्च छ, जसका कारण क्रेन वा अन्य प्राविधिक माध्यमबाट ट्रकलाई बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here