बागमती प्रदेशमा ५७ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न

0
1

हेटाैंडा, असार २८ । बागमती प्रदेशमा असार अन्तिम सातासम्ममा ५७ प्रतिशत भन्दाबढी धान रोपाइँ सम्पन्न भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छि विकास मन्त्रालयका अनुसार असार अन्तिम साता (२६ गते) सम्ममा कुल क्षेत्रफलको ५७.२३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।
मन्त्रालका प्रवक्त सुजन कडेँलका अनुसार असार दोस्रो सातासम्म करीब १३ प्रतिशत मात्र रोपाई भएकोमा असार अन्तिम सातामा बढेको हो । उहाँका अनुसार प्रदेशभर कुल ४ लाख २५ हजार ५५७ हेक्टर खेतीयोग्य जमिन मध्ये १ लाख १४ हजार ५२४ हेक्टर क्षेत्रफल धान रोपाइँ हुनेगर्दछ । जसमध्ये हालसम्म ६५ हजार ५४५ हेक्टर अर्थात अर्थात ५७.२३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।
उहाँका अनुसार यस अवधिमा सबैभन्दा बढी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यस्तै, सिन्धुलीमा ७३.८१ प्रतिशत, मकवानपुरमा ६३.५० प्रतिशत, काभ्रेपलाञ्चोकमा ६३.०२ प्रतिशत, चितवनमा ६२.४२ प्रतिशत र धादिङमा ६१.५० प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै सिन्धुपाल्चोकमा ४२.९९ प्रतिशत, दोलखामा ४० प्रतिशत, रसुवामा ३९.९३ प्रतिशत र नुवाकोटमा ३९.९३ प्रतिशत रोपाइँ भएको छ । भने, रामेछाप जिल्लामा सबैभन्दा कम ३५ प्रतिशत धान रोपाइँ भएको कडेँलले जानकारी दिनुभयो । यो वर्ष प्रदेशमा धान रोपाइँ सन्तोषजनक रूपमा अघि बढिरहेको भन्दै सोही अनुपातमा धान उत्पादन बढ्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here