बीबीएलकाे उद्घाटन खेल चेन्नईमा हुने

0
1

हेटाैंडा, असार २६ । अस्ट्रेलियाको बिग बाश लिग (बीबीएल) क्रिकेटको उद्घाटन खेल भारतको चेन्नईमा हुने भएको छ । १६औँ संस्करणको बीबीएलमा साविक विजेता पर्थ स्कोर्चर्स र मेलबर्न रेनेगेड्सबीचको पहिलो खेल आउँदो डिसेम्बर १२ मा चेन्नईको एमए चिदम्बरम रङ्गशालामा हुने भएको हो ।
मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी) मा आयोजित कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे आधिकारिक रूपमा घोषणा गर्नुभयो ।
यसअघि गएको फेब्रुअरीमा क्रिकेट अस्ट्रेलियाले चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो । लगत्तै तमिलनाडु क्रिकेट सङ्घ (टीएनसीए) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढेको थियो । क्रिकेट अस्ट्रेलियाको ५ सदस्यीय टोलीले चेन्नईको मैदान पनि निरीक्षण गरेका थिए ।
बीबीएल पहिलो पटक अस्ट्रेलियाबाहिर हुन लागेको हो । बीबीएलको उद्घाटन खेल अस्ट्रेलियाको घरेलु लिगको इतिहासको सबैभन्दा धेरै हेरिने खेल बन्ने बीबीएलका महाप्रबन्धक एलिस्टर डोब्सनले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here