नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन सम्पन्न

0
1

हेटौँडा, असार २६ । नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन शुक्रबार हेटौँडामा सम्पन्न भएको छ । संघका अध्यक्ष हिरालाल श्रेष्ठले अध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमख आतिथ्यतामा अधिवेशन भएको हो ।
अधिवेशनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले मुलुकभित्रै रोजगारी तथा उद्यमको वातावरण सिर्जना गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो । बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताउनुभयो । उहाँले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याउनुभयो ।
प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले प्रदेशका सबै जिल्लाका यातायात व्यवसायी र सवारी लगानीकर्तालाई सडक यातायात क्षेत्रमा आकस्मिक रुपमा हुने समस्या सम्बोधन गर्न साझा प्रयासको खाँचो औँल्याउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाको प्रमुख मीना लामाले लगानीकर्ता आफ्नो सवारीसाधनको सम्पूर्ण जिम्मेवारी बोकेको सवारी चालक र सहचालकको हकहित र अधिकारका लागि विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
संघका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका चुनौती, सार्वजनिक यातायात सेवाको गुणस्तर सुधार, सडक सुरक्षा, नीति–नियमको प्रभावकारी कार्यान्वयन तथा व्यवसायीका हकहित संरक्षणलगायत विषयमा छलफल हुने बताएका छन ।
त्यस अवसरमा हेटौँडा उपमहापालिका–५ यातायात व्यवसायी स्व श्रीचन्द्र शर्माकी धर्मपत्नी सीता पौडेल र पूर्व प्रहरी उपरीक्षक दिलीपराज झालाई सम्मान गरियो । अधिवेशनमा उक्त सङ्घको नयाँ नेतृत्वको चयन गर्ने सङ्घका महासचिव सरोज खनालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here