हेटौंडा, १३ असार । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आज (शनिबार) हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरको आयोजना तथा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम भएको हो ।
फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा हेटौंडा–१ स्थित रक्तसञ्चार केन्द्रको कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । मदन भण्डारीको जन्मजयन्तकिा अवसरमा तीन दिवशीय कार्यक्रम अन्तरगत आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो । फाउण्डेशनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती तीन दिवशीय रुपमा विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । जस अन्तरगत पहिलो दिन हिजो पत्रकार सम्मेलन तथा वार्षिक कार्यतालिका सार्वजनकि गरिएको थियो । भने आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो । मदन जयन्तीका अवसरमा फाउण्डेशनले भोली असार १४ गते हेटौंडा–११, स्थित शहिद स्मारकमा मदन भण्डारीको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जी सभा कार्यक्रम, बृक्षाराेपण कार्यक्रम आयोजना गरेर दिवश मनाईने उहाँले बताउनुभयो ।






