हेटौंडामा ७५औं मदन जयन्ती मनाइयो

0
1

हेटौंडा, १३ असार । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७५ औँ जन्मजयन्ती हेटौंडामा आज विभिन्न कार्यक्रम गरेर मनाईएको छ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसन मकवानपुरले श्रद्धाञ्जी सभा, बृक्षारोपण तथा परिचर्चा कार्यक्रम आयोजना गरेको हो ।
फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । फाउण्डेशनले हेटौंडा–११, स्थित शहिद स्मारकमा मदन भण्डारीको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जी सभा, बृक्षारोपण र मदन भण्डारीका विषयमा परिचर्चा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा एमाले नेताहरु रामेश्वर राना, केदार न्यौपाने, नविन सिग्देल, अनन्त पौडेल, हिदम लामा, नेकपा मकवानपुरका नेता प्रकाश पौडेललगायतले जननेता भण्डारीका विषयमा चर्चा गर्नुभएको थियो । यसअघि फाउण्डेशनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा असार १२ गते पत्रकार सम्मेलन तथा कार्यक्रम सार्वजनकि कार्यक्रम, असार १३ गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here