Wednesday, October 23, 2024

एमालेको राष्ट्रिय महिला भेला

ताजा / भरखरै प्राप्त

रौतहट १६ जेठ। नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि सुरु भएको छ । भेला काठमाडौंमा दुई दिनसम्म चल्ने जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । 

प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता तथा पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिले सहभागीता जनाउने छन् । भेलामा करिब पाँच हजार जनाको सहभागिता रहने छ ।

यस्तै, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुमा निर्वाचित महिला प्रतिनिधिलगायत पनि भेलामा सहभागी हुने बताइएको छ । 

एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता दिने व्यवस्था,  महिला हिंसाको अन्त्य गर्न राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता लगायतका विषयलाई संसदबाट सङ्कल्प प्रस्ताव पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो । भेलामा सहभागी  महिलाहरुले १२  वटा समूह बनाएर विभिन्न विषयमा छलफल गर्ने आयोजकले जनाएको छ । 

spot_img

लोकप्रिय

Related Articles