Wednesday, October 23, 2024

समाजिक संजालमा आफ्नो भनाई उदृत गर्दै आएको टिप्पनी प्रति मेयर सिन्हाको आक्रोस

ताजा / भरखरै प्राप्त

रौतहट २४ जेष्ठ । ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रविन्द्र झा लाई लक्ष्ति गर्दै नगर प्रमुखको भनाई सहित गरिएको टिप्पनी उपर सो पालिकाका नगर प्रमुख कौशल्या देवी सिन्हाले आक्रोस व्यक्त गरेकी छिन् ।

मन्त्रालयले गत महिना तत्कालीन कार्यालय प्रमुख भुवदेव झा लाई सरुवा गर्दै सो स्थानमा झा लाई निमित्तको रुपमा कामकाज गर्न जिम्मेवारी तोके संगै भुवदेव झा निकट केहि व्यक्तिहरु दुखि हुदै पालिका र नगरप्रमुख लाई बदनाम गर्न सक्रिय भएको नगर प्रमुख सिन्हाको भनाई रहेको छ ।

आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न नसक्ने समुहले योजनाबद्ध रुपमा आफुलाई बदनाम गर्न रचेको षडयन्त्र कुनै पनि हालतमा सफल हुन नदिने नगर प्रमुख सिन्हा बताउछिन । समाजिक संजालमा आएको आरोपमा कुनै सत्यता नरहेको र सो वाक्यांस आफ्नो धारणामा आधारीत नभई कपोकल्पित रहेको सिन्हाले बताईन ।

संचार क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरु जिम्मेवार ढंगबाट आफ्नो गरिमाको पहिचान गरी समुदाय रुपान्तरणका लागी सत्य तथ्य समाचार सम्प्रेसन गर्नु उहाँले आग्रह समेत गरेकी हुन ।

spot_img

लोकप्रिय

Related Articles