Wednesday, October 23, 2024

ईशनाथका लेखापाल मनोज ठाकुर माथी गंभिर आरोप

ताजा / भरखरै प्राप्त

रौतहट २४ जेष्ठ । आर्थिक वर्ष सकिनै लाग्दा रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका लेखापाल मनोज ठाकुर चर्को कमिसन बिना भुक्तानी दिन आलटाल गर्ने गरेको आरोप लागेको छ ।

तत्कालीन कार्यालय प्रमुख भुवदेव झाको सरुवा भए संगै ठाकुर कमिसन असुलीको कार्यलाई तिब्रता दिएको उनी माथी आरोप लागेको छ । लेखापाल ठाकुरको कमिसन बारे विभिन्न स्थानियहरुले समेत समाजिक संजाल मार्फत विरोध जनाएका छन् ।

करीब ५ वर्ष देखि ईशनाथ नगरपालिका मै रहेर कामकाज गर्दै आएका ठाकुर माथी बेला वखत यस किसिमको गंभिर आरोव लाग्दै गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानियहरुको आरोप रहेको छ ।

आर्थिक मसान्त भरी हुने गरेका विकास निर्माण कार्यको भुक्तानी अन्तिममा दिने ठाकुरको पुरानै शैलीका कारण स्थानियहरु दिन प्रतिदिन पिडित बन्दै गएका छन् । सम्पन्न योजनाहरुको भुक्तानी रोकेर अन्तिममा भुक्तानीको चटारो भएको बेला मोटो कमिसन असुल गर्ने लेखापाल ठाकुरको दाउ रहेको स्थानियहरुले बताए ।

मनोज ठाकुरले ईशनाथ नगरपालिका अन्र्तगतका योजनामा भुक्तानी गरे वापत ४० प्रतिशत सम्म कमिसन माग्ने गरेको आरोप रहेको छ ।

५ वर्ष सम्म निरन्तर एउटै पालिकामा काम गरि ठाकुरले गौरमा मात्रै ४ करोड भन्दा बढिको मुल्यांकन रहेको ३ तल्ले आलिसान घर समेत जोडेका छन् जुन उनको आमदानीको श्रोत भन्दा बढिको रहेको जानकारहरु बताउछन् ।

यस बारे राष्ट्रिय सर्तकता केन्द्र, अख्तियार दुरुपयोग अनुसंधान आयोग र सम्पत्ति शुद्धिकरण विभागको ध्यानाकर्षण हुनु जरुरी रहेको देखिन्छ ।

spot_img

लोकप्रिय

Related Articles