Wednesday, October 23, 2024

मधेसमा एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’

ताजा / भरखरै प्राप्त

रौतहट १६ जेठ। मधेस प्रदेश सरकारबाट बाहिरिएका नेकपा एमाले र माओवादी केन्द्रका मन्त्रीहरूले अझ निवास छाडेका छैनन् । सरकारबाट बाहिरिएको १७ दिन भइसक्दा पनि एमाले र माओवादीका मन्त्रीहरूले मन्त्री क्वाटर खाली गरेका छैनन् । 

सरकारबाट बाहिरिएपछि मन्त्री निवास खाली गर्ने चलन हो । तर वैशाख ३० गते नै राजीनामा दिँदै सरकारबाट बाहिरिएका मन्त्रीहरू भने अझै मधेस भवन भित्रको मन्त्री निवासमै बसिरहेका छन् । 

मन्त्री निवास खाली नगर्ने मन्त्रीहरूमा एमालेका भौतिक मन्त्री बनेका सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी, शिक्षा मन्त्री प्रमोद जयसवाल र माओवादी केन्द्रबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बनेका युवराज भट्टराई छन् । 

यी चारै जना मन्त्रीहरू अझ पनि मन्त्री निवासमै रहेको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ । 

यता मन्त्री निवास खाली नगर्ने मन्त्रीहरूले भने मन्त्रालयको खर्च बचाउन आफूहरू निवास नछाडेको प्रतिक्रिया दिएका छन् । 

माओवादी केन्द्रबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बनेका युवराज भट्टराई भन्छन्,‘पुनः हाम्रै नेतृत्वमा सरकार बन्छ, त्यसबेला पनि हामी मन्त्री नै रहन्छौँ । अहिले निस्कियो भने पुनः आउँदा थप खर्च बढ्छ, त्यसकारण त्यो खर्च नबढोस् भनेर हामी निवासमा बसेका हौं ।’ 

spot_img

लोकप्रिय

Related Articles