Wednesday, October 23, 2024

दोलखा फिल्म सिटी र बनेपामा छायांकन स्टुडियो बनाउने सरकारको घोषणा

ताजा / भरखरै प्राप्त

रौतहट १६ जेठ। सरकारले बनेपामा चलचित्र छायांकन स्टुडियो निर्माण कार्य सुरु गरिने जनाएको छ । संघीय संसद्‍मा बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले दोलखाको चलचित्र नगरी(फिल्म सिटी)लाई सार्वजनिक निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाइने बताए । 

सरकारले हरेक वर्षजसो दोलखामा फिल्म सिटी बनाउने घोषणा गरे पनि काम भने अगाडि बढेको छैन ।त्यस्तै भाषा, साहित्य, दर्शन, सँस्कृति, कला, संगीत र नाट्यलगायतका अमूर्त सँस्कृति क्षेत्रको विकास र प्रबर्द्धन गरिने घोषणा गर्दै प्रतिलिपि अधिकारको संरक्षण गर्नेसमेत बताए । ‘प्रतिलिपि अधिकारको संरक्षण गरिने र नियमन गरिनेछ,’पुनले भने ।

spot_img

लोकप्रिय

Related Articles