Wednesday, July 24, 2024

सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

ताजा / भरखरै प्राप्त

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौँ लैजान चिकित्सकले सुझाव दिएका थिए । सोहीअनुसार उनलाई काठमाडौँ ल्याइएको हो ।  

सिरोहियालाई  हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । उनलाई उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।  

कान्तिपुर मिडियाका कानुनी सल्लाहकार किशोर पौडेलका अनुसार सिरोहियाको छातीमा अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौँ लैजान चिकित्सकले सिफारिस गरेका थिए ।

नागरिकता प्रकरणमा कान्तिपुर मिडियाको कार्यकक्षबाटै सिरोहियालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जनकपुर लगिएको थियो । जिल्ला अदालत धनुषाले तीन पटक तीन तीन दिन म्याद थप गरेको थियो ।

spot_img

लोकप्रिय

Related Articles