Wednesday, December 4, 2024

बम काण्डका दोषी बुवा छुटाउन राजपुरमा छोराले गरे वृहत आमसभा

ताजा / भरखरै प्राप्त

रौतहट १६ जेठ। नेपाली काग्रेसका नेता एवं तत्कालिन साँसद मोहम्मद आफताव आलमलाई राजपुर बम बिस्फोट जस्ता मुद्दामा आरोपी बनाएर सजाय तोक्न कुनै प्रमाण नहुँदा समेत जन्मकैदको फैसला जिल्ला अदालतबाट अएपछि नेपाली काँग्रेसको दुई नम्वर क्षेत्रिय समितिले आयोजना गरिएको वृहद जनसभामा उपस्थित काँग्रेसी नेता एवं कार्यकर्ताहरु नभई अप्रत्याशित रुपमा जनताहरुको उपस्थितिले राजपुर मात्रै नभई सिंगो रौतहट जिल्लाको ध्यान राजपुर तिर तानियो ।

नेपाली काँग्रेस क्षेत्र नम्वर दुईका क्षेत्रिय सभापति शेख फैजुल्लाहद्धारा हस्ताक्षरित विज्ञप्तीका आधारमा उपस्थित भएका हजारौं जनमासका विच मञ्चासिन भएका वक्ताहरुले आलम प्रति समर्थन जनाउदै अदालतको त्रुटिपूर्ण निर्णय प्रति असन्तुष्टि प्रकट गरियो ।
मधेश प्रदेशका शिर्ष नेताहरु र जिल्ला सभापति उपस्थित नभएपनि जिल्लाको उपसभापति रामलोचन, सचिव रामचन्द्र गिरी लगायतका वहुसंख्यक जिल्ला कमिटी सदस्यहरुको साथै रौतहटको हरेक तह तप्काबाट नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरु स्वस्फूर्त रुपमा उस्थिति भई नेता आलम प्रति भएको अन्यायको खुलेर प्रतिबाद गरे ।

प्रमुख अतिथिको रुपमा उपस्थित भएका आलमका छोरा डा. फिर्दोष आलमले नेपाली जनताको लागि समर्पित रहेका हाम्रो परिवार हरेक समयमा निकै संघर्ष गर्दै यहाँ सम्म आएको बताउदै पहिलो संविधान सभाको समयमा भए नभएका घटनाको दोषि ठहर हुने कुनै सामान्य प्रमाण समेत नरहेको अवस्थामा विभिन्न जालझेल गरेर सजाय सुनाउनु न्याय व्यवस्था सर्वसधारणको विश्वास गुम्दै गएको जिकिर गरे ।
पूर्व मन्त्री समेत रहिसकेका नेका नेता आलम अहिले नख्खु जेलमा कैदीबन्दी सरह जिवन यापन गर्न बाध्य रहेको बताउदै उनले विना प्रमाण जन्मकैदको फैसला दिनुबाट स्पष्ट रुपमा झल्किन्छ की उहाँ विरुद्ध सम्पूर्ण शक्तिहरु एक जुट भएर लागि परेको आक्रोश व्यक्त गरे ।

क्षेत्रिय सभापति शेख फैजुल्लाहको सभापतिमा सम्पन्न भएको उक्त वृहद जनसभा कार्यक्रमलाई तरुण दलका जिल्लाध्यक्ष एवं केन्द्रीय सदस्य नौसाद आलमले संचालन गरेका थिए । डा. कौशर आलमका अनुसार आजको वृहद जनसभामा हजारौंको संख्यामा जनमानसको उपस्थिति प्रति उनले धन्यवाद दिए ।
स्मरणीय छ, नेपाली काँग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले राजपुरमा कार्यक्रम रहेको पार्टीको आधिकारी कार्यक्रम नभएको कुनै व्यक्तिको भएको बताउदै म अहिले काठमाडौं मा छु जिल्ला सभापति पनि मेरै साथमा रहेको हुँदा उक्त कार्यक्रम पार्टीको नभएको दाबी गर ।
यता क्षेत्र नम्वर २ का सभापति शेख फैजुल्लाहले मधेश प्रदेश र जिल्ला समितिलाई भेटेर लिखित रुपमा पत्र दिएर जानकारी गराएपनि राजपुरको कार्यक्रम विथोल्न अनेक प्रयास गरेपनि सफल भएको उनले गम्भीर आरोप लगाए ।

spot_img

लोकप्रिय

Related Articles