Thursday, October 24, 2024

मधेशका सभामुखले बोलाए सर्वदलिय बैठक

ताजा / भरखरै प्राप्त

रौतहट २३ जेठ। मधेस प्रदेशसभाको आजको कार्यसूचीबाट विश्वासको मतसम्बन्धीको विषय सार्न मुख्यमन्त्री सरोजकुमार यादवले पत्र पठाएसँगै सभामुखले छलफल थालेका छन् । 

मुख्यमन्त्री यादवले आजै विश्वासको मतसम्बन्धीको कार्यसूची सार्न मागसहितको पत्र संसद् सचिवालयमा पठाएका थिए दिउँसो ३ बजेका लागि बोलाइएको बैठकअघि मुख्यमन्त्रीबाट औपचारिक पत्र प्राप्त भइसकेपछि सभामुख उक्त प्रस्तावबारे निर्णय लिन छलफलमा जुटेका छन् । 

त्यसका लागि सभामुख मण्डलले अहिले सर्वदलीय बैठक डाकिसकेका छन् । सर्वदलीय बैठक सकिएलगत्तै परामर्श समितिसँग छलफल गर्ने सभामुख मण्डलको तयारी छ । 

बिरामी परेको भन्दै मुख्यमन्त्री यादवले आजको कार्यसूची फेर्न बिहान १२ बजे पछाडि निवेदन लेख्दै सभामुख मण्डलसँग आग्रह गरेका थिए ।

अब विश्वासको मतको कार्यसूची जेठ २८ गते तोक्न सभामुख रामचन्द्र मण्डलसँग मुख्यमन्त्री यादवले माग गरेका छन् । 

विश्वासको मत पाउने सम्भावना न्यून भएपछि मुख्यमन्त्रीले आज लिने भनिएको विश्वासको मतको कार्यसूची हटाउन लगाएको राजनीतिक वृत्तमा अड्कलबाजी छ ।

spot_img

लोकप्रिय

Related Articles