Thursday, October 24, 2024

मुख्यमन्त्री यादवले आज विश्वासको मत नलिने

ताजा / भरखरै प्राप्त

रौतहट २३ जेठ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिन लागिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुखसँग आग्रह गरेका छन् । प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ । 

आजको बैठकबाट विश्वासको मतसम्बन्धी कार्यसूची सारेर जेठ २८ गतेका लागि तोक्न सभामुख रामचन्द्र मण्डलसँग आग्रह गरेका हुन् ।  मुख्यमन्त्री यादवले आफू अस्वस्थ रहेको भन्दै आजको तोकिएको विश्वासको मतको समय सार्न प्रदेश सभाको कार्यालयसँग माग गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । 

प्रदेशका सभामुख मण्डलका अनुसार मुख्यमन्त्री यादवले अहिले भर्खरै प्रदेश सभामा आफू अस्वस्थ रहेको जनाऊ गर्दै पत्र पठाएका छन् । ‘पत्रमा आज दिउँसो ३ बजे बस्ने बैठकको कार्यसूचीबाट विश्वासको मतको मिति सार्न माग गरिएको छ,’ उनले भने । 

मुख्यमन्त्री यादवबाट प्राप्त पत्रबारे थप छलफल गरेर निर्णय गरिने सभामुख मण्डलले बताए । उनका अनुसार परामर्श समिति एवम् दलका नेताहरूसँग छलफल गरेर अब यसबारे टुङ्गो लगाइनेछ ।

spot_img

लोकप्रिय

Related Articles